नियम २०
उत्तरपुस्तिकाको परीक्षण
  (१) आयोगबाट लिइने लिखित परीक्षाको उत्तरपुस्तिकाको परीक्षण आयोगको केन्द्रीय कार्यालयको हकमा आयोगले तोकेको र आयोगको क्षेत्रीय तथा अञ्चल कार्यालयको हकमा सो कार्यालयको प्रमुखले तोकेको सम्बन्धित विषयको दक्ष वा विशेषज्ञबाट गराउनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम उत्तरपुस्तिका परीक्षणको लागि आयोगले आवश्यकता अनुसार परीक्षण सम्बन्धी निर्देशिका, परीक्षण गर्ने तरिका र मूल्याड्ढन गर्ने विधि समेत सम्बन्धित दक्ष वा विशेषज्ञलाई उपलब्ध गराउनु पर्नेछ ।
(३) उपनियम (१) बमोजिम उत्तरपुस्तिका प्राप्त भए पछि सम्बन्धित दक्ष वा विशेषज्ञले समयमै त्यस्ता उत्तरपुस्तिका परीक्षण गरी गोप्य रुपमा आयोगलाई उपलब्ध गराउनु पर्नेछ ।
(४) यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि आयोगले तोकेको पदको परीक्षाको उत्तरपुस्तिका दोहोरो परीक्षण गराउन बाधा पर्ने छैन ।
(५) उपनियम (४) बमोजिम आयोगले दोहोरो परीक्षण गराउने निर्णय गरेकोमा प्रथम परीक्षकले आयोगले उपलब्ध गराएको छुट्टै सिटमा प्राप्ताङ्क उल्लेख गर्ने र द्वितीय परीक्षकले उत्तर पुस्तिकामा नै प्राप्ताङ्क उल्लेख गर्नुपर्ने छ ।
(६) उपनियम (५) बमोजिम दोहोरो परीक्षण गरिएका उत्तरपुस्तिकाको हकमा दुवै परीक्षकद्वारा दिइएको प्राप्ताङ्क जोडी औसत प्राप्ताङ्क निकाली गणना गरिने छ ।